Friday, May 9, 2014

प्रजातान्त्रिक पद्धती आवस्यक–महामन्त्री गुरुङ्ग

२४ बैसाख २०७१ । राप्रपा नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङ्गले संविधान सभाबाट स्थायी प्रकारको प्रजातन्त्रान्त्रीक पद्धती स्थापना गर्नको निमित्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तीहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । राप्रपा नेपाल काठमाडौं क्षेत्र नं १ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै गुरुङ्गले सबै विचार र भावना समेटिएको संविधान बनेमात्र त्यो चिरस्थायी हुने भएकोले त्यसतर्फ ध्यान दिन सम्वन्धित पक्षलाई आग्रह गर्नुभयो । सो अबसरमा बोल्दै पार्टिका बरिष्ठ केन्द्रीय सदस्य टंक ढकालले महाधिवेशनको उद्घाटन शत्रलाई भव्य, व्यवस्थित र ऐतिहासिक बनाउनको निमित्त सबै नेता कार्यकर्ताहरु अहोरात्र खटिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा साहायक महामन्त्री द्वय बिक्रम ब. थापा, राजाराम श्रेष्ठ, साहायक कोषाध्यक्ष तारानाथ लुईटेल, जिल्ला अध्यक्ष श्याम घिमिरे, भरत जंगम लगायतले बोल्नुभएको थियो । अधिवेशनको बन्द शत्रले देवेन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत चयन गरेको छ ।

No comments:

Post a Comment